Bagmati Samachar Logo

रेशम चौधरी छुटाउने बारे सरकार र थारू कल्याणकारी सभाबीचको छलफल विनानिष्कर्ष टुंगियो

काठमाडौ  । सरकार र थारू कल्याणकारी सभा संघर्ष समितिबीच आज भएको दोस्रो चरणको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ । दुवै पक्ष आआफ्ना अडामा रहँदा टिकापुर घटनामा अदालतबाट दोषी ठहर भएका जनता समाजवादी पार्टीका सांसद् रेशम चौधरीलाई रिहा गर्नेरनगर्ने लगायतका विषयमा समझदारी हुन नसकेको हो । सरकार अल्पमतमा पर्न थालेपछि थारू कल्याणकारी सभासँग वार्ता सुरु गरेको हो ।

समितिका सदस्यमसेत रहेका प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराईले वार्ता सकारकात्मक रहेको बताए । तर अर्को छलफल कहिले हुने भन्नेबारे टुंगो लाग्न सकेको छैन । ‘वार्ताका क्रममा संघर्ष समितिले राखेका मागहरूका बारेमा थप व्याख्या र छलफल भयो,’ उनले भने,‘वार्ता सहमति उन्मुख रहेको र अर्को चरणको वार्ता निकट भविष्यमा फेरि बस्ने गरि आजको बैठक सम्पन्न भयो ।’