Bagmati Samachar Logo

प्रचण्डको मुद्दामा पुनरावलोकन नहुने , नेकपा भंग कायमै

काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरवलोकनको निवेदनमाथि निस्सा दिएन ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको पूर्ण इजलासले पुनरावलोकनको अनुमति नदिने आदेश गरेको हो । नेकपा नाम विवादको फैसलामा एमाले र माओवादी केन्द्रको एकता नै भंग हुने गरी गरेको फैसलाविरूद्ध प्रचण्डले गत बुधबार पुनरवलोकनको निवेदन दर्ता गराएका थिए । सर्वोच्चले निस्सा नदिएपछि अब नेकपाको एकता पूर्ण रुपमा भंग भएको छ ।