Bagmati Samachar Logo

ओलीले एक महिना पहिला गरेका थिए नेपाल–रावललाई कारवाहि

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल र भिम रावललाई एक महिना पहिला कारवाहि गरेको खुलासा भएको छ । ओलीद्धार हस्ताक्षर गरीएको नेपाल र रावललाई ६ महिनाकोलागि पार्टीबाट निस्कासन गरेको पत्र गत फागुन १६गतेको पाइएको छ ।

एक महिना पहिला नै ओलीले एमालेको लेटर प्याड प्रयोग गरेर नेपाल र रावललाई कारवाही गरेको पाइएको छ । जब कि सर्वोच्च अदालतले नेकपाको नाम सम्बन्धि मुद्दाको फैसला २३ फागुनमा गरेको थियो । जुन फैसलाले नेकपा २०७५ साल २ जेठमा पुगेको थियो । अथवा नाम सम्मबन्धि विवादमा परेको मुद्दामा अदालतले नेकपालाई पूर्व एमाले र माओवादी केन्द्रमा फर्काएको थियो । तर ओलीले भने दुबै नेताहरुलाई १६ फागुनमा नै कारवाहि गरेको देखिएको छ ।

चैत ९ गते नेता नेपाल, रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधेको थियो । १२ चैतमा नेपाल र रावलले स्पष्टिकरणको जवाफ दिएका थिए । जवाफको चित्त नबुझिएको भन्दै गरेको भने एक महिना पहिला नै छ ।

हेर्नुहोस पत्र