Bagmati Samachar Logo

विधि र विधान मिच्नेलाई जनताले कारवाही गर्छन्ः जनार्दन शर्मा

मकवानपुर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् पूर्व गृह मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विधि, विधान पद्धति मिचेर काम गर्न खोज्नेलाई जनताले कारवाहीको गर्ने बताएका छन् ।

मकवानपुरको बागमती गाउँपालिकामा शुक्रबारबाट सुरु भएको चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले उक्त कुरा बताएका हुन ।
उनले राजनीतिलाई व्यापार मानेर अकुत सम्पती आर्जन गर्न खोज्नेहरू अब सचेत हुनु पर्ने अवस्था आएको बताए ।

उनले राजनीतिलाई व्यापार बनाएर विधी र विधानलाई लत्याउँदै स्वार्थ पुरा गर्न लागिपरेकाहरूले सच्चिनु पर्ने समय आएको बताए । ,
विधी र विधानलाई लत्याएर स्वार्थ पुरा गर्न व्यस्त हुनेहरुले बेलैमा सच्चिनु पर्ने अवस्था सृजना भएको छ,’ उनले भने ।
नेपाली जनता सचेत भइसकेको भन्दै उनले विधी, विधान र पद्धती मिच्नेहरूलाई फुटबल खेलमा जस्तै जनताले रेड काड दिने धारणा व्यक्त गरे ।

सत्ताको आडमा बसेर स्वार्थ पुरा गर्न सिमित भएकाहरुलाई खबरदारी गर्दै बेलैमा सहि बाटोमा आउन आग्रह गरे ।

नीति नियमको वेवास्ता गर्दै नेपालको राष्ट्रियता माथि आँच पुर्‍याउनेलाई नेपाली जनताले स्विकार नगर्ने भन्दै आवश्यक परे नेपाली जनता फेरी पनि बलिदान दिन तयार रहेको उनको भनाई थियो ।
संविधानको कार्यान्वयनमा सही ढंगले लाग्नु पर्ने अवस्थामा जनताले दिएको बहुमतलाई लत्याउँदै केही व्यक्तिहरुले विधी र विधानलाई अस्विकार गर्दा देशमा संकट आएको उनको धारणा थियो ।

संविधानको कार्यान्वयन गरी जनताको हकहितको काममा लाग्नु पर्ने समयमा केही व्यक्तिहरु विपरीत दिशातर्फ अग्रसर भएको आरोप लगाए ।
जनताले निर्माण गर्ने पार्टीलाई अदालतले भंग गर्नु जनताको स्वतन्त्रता माथिको प्रहार भएको उनको भनाई छ । नेपालमा हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको भन्दै अब आफ्नो नेतृत्वमा राष्ट्रिय रुपमा भ्रष्टाचार विरोधी अभियान सुरु गर्ने उनले बताए ।