Bagmati Samachar Logo

हामीसँग हतियार छैन: धमेन्द्र बास्तोला

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले आफुहरुसंग हतियार नभएको बताए । उनले भने,‘ हामीसँग हतियार छैन । हामीलाई हाम्रो पार्टी हतियार लिएर लड्ने भनेको होइन , सशस्त्र युद्ध पनि भनको होईन । सशस्त्र विद्रोहको कुरा पनि भनेको होईन् । हामीले भनेको त एकीकृत जनक्रान्ति हो । वैज्ञानिक समाजवाद स्थापना गर्ने हो । क्रान्ति भनेको आमूल परिवर्तन गर्ने हो । देश धनी भयो हरेक नागरिक धनी हुन्छ ।’

उनले अदेशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको स्पष्ट पारेका छन् । उनले हरेक विषयमा जनतमसंग्रह गर्नु पर्ने बताए ।

उनले जनमतलेसंग्रहले जनतालाई परिचालित गर्ने भन्दै भने ‘पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक छ । यो प्रकारणको लोकतान्त्रिक समाज बनाऔं । अहिले हामी सरकारसँग छलफल गर्छौं । सेट अफ आईडियाज छ । हामी राख्छौं । खाका छ । हामी भन्छौं । नयाँ दिशामा जानुपर्छ ।’

सरकारसँग तीन बुँदे सहमति भएर सार्वजनिक भएपछि आज (शनिबार) एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनमतसंग्रह के के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको बताए । उनले अघि भने,‘सबै भन्न सम्भव छैन् । खास/खास विषयमा हुन्छ । अहिले हामी सरकारसँग छलफलमा छौं । संसदीय व्यवस्था भन्दापनि लोकतन्त्र मूल कुरा हो । यसको विकसित कुरा गरेका छौं ।’