Bagmati Samachar Logo

नेकपा सांसदद्वय बम र चौधरी ओली पक्षमा नरहेको प्रष्टीकरण

काठमाडौं । मुगुका प्रतिनिधिसभा सांसद् गोपाल बम र गंगा चौधरी (सत्गौवा)ले नेकपाको प्रचण्ड– नेपाल पक्षमा नै रहेको बताएका छन् ।
बमले एक विज्ञप्ती मार्फत प्रचण्ड–नेपाल नेतृत्वको मुलधारमा नै रहेको बताएका छन्।

गंगा चौधरी (सत्गौवा)ले पनि आफू ओली पक्षमा नगएको बताएकी छिन् । दुवै सांसद्ले ओली पक्षमा रहेको भनेर आएको समाचारको खण्डन गर्दै आपत्ती जनाएका छन् ।

सांसद् बमले विज्ञप्तीमार्फत भनेका छन् ,‘कम्युनिष्ट आन्दोलनको एकता, संविधानको कार्यान्वयन र जनताको समृद्धिको आकांक्षालाई विधिसम्मत रुपमा पूरा गर्ने युगिन जिम्मेवारी पूरा गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले नेतृत्व गर्नुभएको नेकपाको मुलधारमा रहेर आफ्नो भुमिका निर्वाह गरिरहेको र भरखरै मात्र मेरो गृह जिल्ला मुगुका मतदाताहरु सँगसँगै प्रतिगमन विरुद्धको आन्दोलनको नेतृत्व गरेर काठमाडौं फर्किएको कुरा पुन: सबैमा जानकारी गराउँछु ।’