Bagmati Samachar Logo

विप्लव समूहसँगको दोस्रो चरणको वार्ता निष्कर्ष नजिक पुगेको सरकारको दाबी

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच दोस्रो चरणको वार्ता सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार र विप्लव समूहका प्रतिनिधि बीचको वार्ता सकारात्मक रुपमा सम्पन्न भएको हो । सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले दोस्रो चरणको बैठक सम्पन्न भएको बताएका छन् ।

उनले भने, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ। जब कि पहिलो चरणको वार्ता आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न भएको थियो ।