Bagmati Samachar Logo

संसदीय दलमा प्रचण्ड–नेपाल प्रष्ट बहुमतमा, हेर्नुस अंकगणित

काठमाडौं । प्रतिनिधिसभाबाट केपी ओलीले तत्कालीन संघीय समाजवादीको समेत मत पाएर दुई तिहाइको प्रधामन्त्री बनेका थिए ।

तर संघीय समाजवादी पार्टी सरकारमा धेरै दिन बस्ने वातावरण बनेन, उ सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता लियो । यो सबै ओलीको दम्भको कारण भएको थियो । त्यहीँबाट ओली सरकारको क्षयीकरण सुरु हुन थाल्यो ।
सरकारको र ओलीको व्यक्तित्वको क्षयीकरण यतिमै सीमित भएन । उनले आफूलाई दुई तिहाइ मतले निर्वाचित गराएको संसद् नै विघटन गराए, नैतिक र राजनीतिक जिम्मेवारी गुमाए ।

तर सर्वोच्च अदालतले भने मंगलबार फैसला गरेर संसद् पुनस्स्थापना गरिदिएको छ । ओलीले राजनीतिकरुपमा यति ठूलो भुल गरेको पुष्टि हुँदासमेत प्रधानमन्त्रीबाट राजीनामा दिएनन् । उनले आफ्ना प्रेस सल्लाहकार सूर्य थापामार्फत प्रधानमन्त्रीबाट राजीनामा नदिने बरु संसद्मा फेस गर्ने अडान लिएका छन् ।

उनको यसप्रकारको व्यवहारले राजनीति संस्कार झन् फोहारी हुने र वितृष्णा जगाउने टिप्पणी हुन थालेको छ । ‘प्रधानमन्त्रीसँग नैतिकताको माग राख्नु नै अनुचित हुन्छ । उनीबाट संवैधानिक काम होलान । नैतिकताको आधारमा राजीनामा दिनु होला भन्नु सोच्नु गतल हो,’ राजनीतिक विश्लेक राजेन्द्र महर्जनले भने,‘संवैधानिक कुुरा पुरा भएको छ । अब राजनीतिकुरा बाँकी रहेको छ । अब ओलीलाई संसदबाट नै हटाउनु पर्छ । ओलीले राजनीति फोहरी खेल हो भन्ने आफैले सुरु गरे । यसले युवा पुस्तामा वितृष्णा उत्पन्न हुन्छ ।’
यता कानुनी रुपमा विभाजित हुन बाँकी रहेको नेकपाका उपाध्यक्ष वामदेव गौतमले भने ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन भनिसकेका छन् । भने उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सबैतिरबाट माग भइरहेको छ ।

यसका साथै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालका अलवा विपक्षी कांग्रेस, जनता समाजवादी पार्टीका नेताहरुले पनि राजीनामा मागिरहेका छन् । अहिले ओलीले आफ्ना गुटका नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका छन् भने प्रचण्ड नेपालले पनि संसदीय दलको बैठक बोलाएका छन् । विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास वुढानिलकण्ठ पुगेका छन ।

संविधान अनुसार प्रतिनिधिसभाको सांसद् मात्रै प्रधानमन्त्रीमा नियुक्त हुने व्यवस्था छ भने त्यही सभाका सांसद्हरुको बहुमतले प्रधानमन्त्री हुनेछ ।

प्रतिनिधिसभा भित्रको अंकगणित

प्रतिनिधिसभामा पूर्वएमालेबाट प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ गरी एक सय २१ जना सांसद छन् । पूर्वमाओवादीबाट प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ गरी ५३ जना सांसद छन् । अहिले पार्टी विभाजन भएसँगै सांसद्हरु पनि गुट परिवर्तन गरिरहेका छन् । यसरी हेर्दा ओलीसँग ७६ ९ओलीमा रहेका सानु शिवाको मृत्यु भएको र वृजेसकुमार गुप्ता, हृदयेश त्रिपाठी खुल्न बाँकी छ० सांसद् छन् भन् प्रचण्ड नेपाल समूहसँग ९३ ९लालबाबु पण्डित नखुलेका० जना सांसद् रहेका छन् ।

यसरी हेर्दा ओली संसदीय दलको नेता बन्नबाट १८ मतले पराजित हुनेछन् । भने अदालतबाट प्रतिनिधिसभा पुनस्स्थापना भएसँगै नेकपाका सांसद् संख्या अदलीबदली हुने सम्भावना देखिएको छ ।

ओली पक्षका सांसद

केपी ओली, सुवासचन्द्र नेम्वाङ, वसन्तकुमार नेम्वाङ, लालप्रसाद साँवा, राजेन्द्र गौतम, राजेन्द्र राई, भानुभक्त ढकाल, विशाल भट्टराई, लीलानाथ श्रेष्ठ, रघुवीर महासेठ, पार्वत गुरुङ, भूमिप्रसाद त्रिपाठी, खेमप्रसाद लोहनी, कृष्णबहादुर राई, ईश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, नवराज सिलवाल, गोकुल बाँस्कोटा, पोल्देन छोपाङ गुरुङ, खगराज अधिकारी, विद्या भट्टराई, जगतबहादुर सुनार, कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल, नारायणप्रसाद मरासिनी, पद्माकुमारी अर्याल, तिलकबहादुर महत, प्रेमप्रसाद तुलाचन, भुपेन्द्रबहादुर थापा, सूर्यप्रसाद पाठक, पदम गिरी, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, दलबहादुर राना, विष्णु पौडेल, नन्दलाल रोका क्षेत्री, रवीन्द्रराज शर्मा, नवराज राउत, लालबहादुर थापा, प्रेमबहादुर आले, नारदमुनि राना, गणेशसिंह ठगुन्ना, दामोदर भण्डारी, नरबहादुर धामी, भैरवहादुर सिंह, विजय सुब्बा, मोहन बानियाँ, मोतिलाल दुगड, थममाया थापा, डा।शिवमाया तुम्बाहाङ्फे, सुजिता शाक्य, बिना श्रेष्ठ, नविना लामा, शान्तिमाया पाख्रिन, कुमारी मेचे, बिनादेवी बुढाथोकी मगर, राधाकुमारी ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, निरुदेवी पाल, मनकुमारी जिसी, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम, शान्ता चौधरी, बिमला विश्वकर्मा, आशाकुमारी विक, जुलीकुमारी महतो रेखाकुमारी झा, सरिताकुमारी गिरी, सानु शिवा ९मृत्युले रिक्त०।

गुट फेरेर ओलीमा गएकाहरू शेरबहादुर तामाङ, प्रभु साह, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र लेखराज भट्ट ।

माधव नेपाल पक्षका सांसदहरु

झलनाथ खनाल, माधवकुमार नेपाल, योगेश भट्टराई, पवित्रा निरौला, भवानी खापुङ, जयकुमार राई, यज्ञराज सुनुवार, गणेशकुमार पहाडी नारायणप्रसाद खतिवडा, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डेय, घनश्याम भुसाल, मेटमणि चौधरी, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, राजबहादुर बुढा क्षेत्री, ध्रुवकुमार शाही, भीम रावल, यज्ञबहादुर बोगटी, झपट रावल, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, मायादेवी न्यौपाने, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु विमलाकुमारी विश्वकर्मा, पार्वतीकुमारी बिसुंखे, डा। पुष्पा कुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कालिला खान, समिना हुसेन । घनश्याम खतिवडा,

प्रचण्ड पक्षका सांसदहरु

पुष्पकमल दाहाल प्रचण्ड, राम कार्की, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल, हेमकुमार राई, सुरेशकुमार राई, सुरेशचन्द्र दास, मात्रिका यादव, गिरिराजमणि पोखरेल, रामेश्वर राय यादव, श्यामकुमार श्रेष्ठ, हरिबोल गजुरेल, हितबहादुर तामाङ, पम्फा भुसाल, गंगाबहादुर तामाङ, हरिराज अधिकारी, देव गुरुङ, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, कमला रोका, वर्षमान पुन, कृष्णबहादुर महरा, महेश्वरजंग गहतराज, सन्तकुमार थारु, टेकहादुर बस्नेत, गजेन्द्रबहादुर महत, दुर्गबहादुर रावत, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, बीना मगर, हितराज पाण्डे, पूर्णकुमारी सुवेदी, रेखा शर्मा, धर्मशीला चापागाइँ, सीता पोखरेल, सत्या पहाडी, इन्दु शर्मा, वोधमाया यादव, अन्जना विशुंखे, दुर्गा विक, जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्ती, यशोदा, सुवेदी, अमृता थापा, रामकुमारी चौधरी, शेखतारा चाँद ।

कतै नखुलेका सांसद्

कृष्णप्रसाद दाहाल, वृजेसकुमार गुप्ता, हृदयेश त्रिपाठी र लालबाबु पण्डित ।

वामदेव गौतम पक्षमा सांसद्

तुल्सी थापा थापा, गंगा चौधरी (सत्गौवा) विमला विक ।