सर्वोच्चको फैसलाले संसदलाई बचाउदै ,संविधान र लोकतन्त्रको रक्षा गरेको छ:नेकपा प्रचण्ड–नेपाल पक्ष
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बहुमत पक्षले सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभालाईमात्र बचाएको छैन, संविधान र लोकतन्त्रको रक्षा गरेको बताएको छ ।
आज साँझ नेकपाले विज्ञप्ती जारी गदै भनेको छ ‘सर्वोच्च अदालतले संविधानको अक्षर, मर्म र भावनालाई आत्मसाथ गरी तदनुरुप संविधान सम्मत फैसला गरेर प्रतिनिधि सभालाई मात्र बचाएको छैन, संविधान र लोकतान्त्रको रक्षामा समेत ऐतिहासिक योगदान पुर्याएको छ । यो फैसलाले संविधानलाई लिकमा ल्याएको छ र देशलाई प्रतिगमन तथा राजनीतिक संकटको अध्यारो सुरुड.मा धकेल्न चाहने सत्ता लोलुप सर्वसत्तावादी एवम् सबै प्रकारका अलोकतान्त्रिक तथा निरंकुश शक्तिहरुको अपेक्षा र षड्यन्त्रलाई असफल बनाइदिएको छ । यो नेपाली जनता, संविधान, लोकतन्त्र, सत्य र न्यायको विजय हो ।’
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई खारेज गरेर प्रतिनिधि सभा पुनसर््थापना गर्ने सर्वोच्च अदालदको फैसलालाई हार्दिक स्वागत गर्दछ विज्ञप्तीमा भनेको छ ‘सर्वोच्च अदालतको यो निर्णयले इतिहासका विभिन्न कठिन मोडहरुमा झै फेरी एकपटक नेपालको अदालत सबैप्रकारका धम्की र दबाबहरुबाट मुक्त भई स्वतन्त्र ढंगबाट निर्णय गर्न सक्षम छ भन्ने पुष्टि गरेको छ ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा विघटनको असंवैधानिक एवम् प्रतिगामी कदमलाई खारेज गर्न संघर्ष गर्ने र आ आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने सबै राजनीतिक पार्टीहरु, नागरिक समाज, पूर्व प्रधानन्यायधीशहरु, संविधान एवम् कानूनविद्हरु, पत्रकार, बुद्धिजीवि र आम जनसमुदायलाई हार्दिक बधाइर्, आभार र धन्यवाद दिएको छ ।
उसले विज्ञप्तीमा भनेको छ ‘अहिले असंवैधानिक एवम् प्रतिगामी कदम परास्त र असफल भएको भएपनि प्रतिगामी षड्यन्त्र एवम् निरंकुशतन्त्रको खतराका विरुद्ध सचेत भइरहन हाम्रो पार्टी सबैलाई अपिल गर्दछ ।’
यस्तो छ विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्: