Bagmati Samachar Logo

चौतर्फी दवावपछि रिहा भईन रामकुमारी झाँक्री

काठमाडौं । २९ माघ ।  नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीलाई आज साँझै रिहा गरेको छ । बिहीबार दिउँसो पक्राउ परेकी नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा भएकी हुन । प्रहरीले उनलाई बिहीबार साँझ रिहा गरेको हो । उनलाई रिहा गरी श्रीमानको जिम्मा लगाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

राज्यविरुद्धको कसूरमा बिहीबार बिहान उनलाई वानेश्वरस्थित उनको घरबाटै पक्राउ गरिएको थियो । त्यसयता झाँक्रीलाई छोड्न चौतर्फी दवाव भएको थियो । सामाजिक सञ्जाल तथा समाचारहरुमा समेत लोकतन्त्रमा बोल्न पाइने भन्दै अपहरणशैलीमा झाँक्रीलाई पक्राउ गर्न नहुने दवाव बढ्दै गएको थियो ।

नेकपाका कार्यकर्ताहरुले दिनभर जसो नै माइतीघर र बानेश्वर क्षेत्रमा झाँक्री पक्राउविरुद्ध प्रदर्शन गरेका थिए । अन्तत: मिनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर प्रहरीले उनलाई रिहा गरेको हो ।

राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी रामकुमारीलाई अनुसन्धानका लागि भनि पक्राउ गरेको जनाएको छ