ओली जी गल्ती भयो भनेर राजीनामा दिएर माफी माग्नोसः प्रचण्ड
काठमाडौं । २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले निकै ठूलो गल्ती गरेकाले राजीनामा दिएर माफी माग्नु पर्ने बताएका छन् । उनले ओलीले अझै पनि राजिनामा दिएर गल्ती भो भन्दै नेपाली जनतासँग माफी माग्न आग्रह गरे ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले काठमाडौंमा आयोजना गरेको सभालाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले सँगै काम गरेका सहकर्मी नेपाल, खनाललाई यस्तो बेइज्जत गर्ने ओली जस्तो ठग कोही नभएको बताए। ‘जसले प्रधानमन्त्री भएर पनि प्रचण्डको कार्यकर्ता भयो भनेर अपमान गरेको भन्दै अनि पत्याउने देखेर म अचम्म परे ।’
उनले थपे, ‘विहान बोलाएर बामदेवलाई प्रधानमन्त्री, दिउँसो बोलाएर, माधवलाई प्रधानमन्त्री र साँझ बोलाएर प्रचण्डलाई प्रधानमन्त्री भन्ने उनको ठगी धन्दाको पर्दाफास भइसक्यो ।’ यो एकता एकता विचारको एकता भएको भन्दै, ‘यो एकता लक्ष्यको एकता हो, केपीले सबैलाई लत्याएर एकलौटी हुने खालका हुन् ।’
प्चण्डले प्रतिनिधिसभा पुनःस्थापना नभए देशमा आँधी हुरी आउने त्यसलाई कसैले रोक्न नसक्ने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको मुद्दा अहिले सर्वोच्च पुगेको बेला उनले भने, ‘नियमसंगत कानुनत हेर्दा पनि जीत हाम्रै हुन्छ, त्यसकै ढिला भएको मात्रै हो ।’
सर्वोच्च अदालतले अब छिट्टै संसद पुनर्स्थापनाका पक्षमा फैसला गर्ने उनले विश्वास व्यक्त गरे ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले काठमाडौंमा आयोजना गरेको सभालाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रा सम्मानित संवैधानिक निकायले स्वतन्त्र ढंगले विवेक प्रयोग गरुन, कसैको डर धाक, धम्की नहेरुन । जनताको भावना पढून । यही अनुरोध छ ।’ उनले ओलीलाई आफ्नो कदम सच्याउन भन्दै अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस् ।’
प्रतिक्रिया दिनुहोस्: