Bagmati Samachar Logo

हेटौडामा भएको प्रदर्शनमा अज्ञात समूहद्धारा बन्दकर्तामाथी खुकुरी प्रहारको प्रयास (तस्विरहरु)

फोटा मिना श्रेष्ठ

हेटौडा । २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संवैधानिक निकायमा गरेको नियुक्तिको विरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले आज आमहड्ताल गरेको थियो । आमहड्तालको क्रममा बागमति प्रदेशको राजधानी मकवानपुरमा अज्ञात समुहका मानिस खुकुरी लिएर आएको आन्दोलनकारीहरुले बताएका छन् ।
आन्दोलनकारीले भने आज भएको आमहड्तालमा हेटौडामा घुसपैड भएको थियो ,त्यो समयमा नै थाह पाउदा केहि क्षति हुन पाएन ।’

आज दिउँसो सिमाचोकमा जम्मा भएका बन्दकर्ता माथी मोटरसाइकलमा आएको अज्ञात समूहले खुकुरी प्रहारको प्रयास गरेको थियो । ओलि सरकारले शान्तिपूर्ण आन्दोलनमा पुलिस परिचालन तथा भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजेको नेकपा प्रचण्ड–माधव पक्षले आरोप लगाएको छ ।
नेकपा ओली पक्षका कार्यकर्ता बजार खुलाउन खोज्ने बन्दको विरोध गर्ने यता माधब प्रचण्ड समुहका नेता कार्यकर्ता बन्द गर्नेका विचमा दिनभरजसो तनाब सृजना भएको छ ।

ओली पक्षका कार्यकर्ताले बन्दको विरोधमा नारा समेत लगाएका छन् । यता प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले सरकारका विरुद्धमा नारा लगाए । मकवानपुर प्रहरीले हेटौंडाको बुद्धचोकबाट नेकपा प्रचण्ड–नेपाल पक्षका प्रेमबहादुर पुलामीलाई गिरफ्तार गर्यो ।
प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालमा हेटौंडाको बुद्धचोकमा उश्रृंखल कार्य गर्ने एकजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यलय मकवानपुर लगिएको छ ।


प्रचण्ड–नेपाल समूहले गरेको नेपाल बन्दको विरोध गर्दै हेटौंडामा नेपाल खुला छ भन्दै प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समर्थकहरुले बन्दको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनिहरुले नेपाल खुला छ भन्दै नारा लगाउँदै हेटौंडा बजारको परिक्रममा गरेका थिए । नेपाल बन्दको क्रममा आज दिउँसो सिमाचोक केहिबेर तनावग्रस्त समेत बनेको थियो । थप तनावग्रस्त हुने देखिएपछि हाल सो स्थानमा थप सुरक्षा बल तैनाथ गरिएको छ ।

यसैगरी बन्दकर्ताहरुले हेटौंडा–५ सिचाइटोल निवासी रुपक महतको मोटरसाइकलनमा बन्दकर्ताहरुले तोडफोड गरेका छन् । बन्दको समयमा मोटरसाइकल चलाएको भन्दै वन्दकर्ताहरुले मोटरसाइकल तोडफोड गरेका हुन् ।

नेपाल बन्दलाई सफल बनाउन भन्दै प्रचण्ड–माधव समूहका जिल्ला नेता, कार्यकर्ताले हेटौंडाको सिमाचोकमा गरेको प्रदर्शनमा खुकुरी प्रदर्शन गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ का दिलिप संजेल रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले संविधान विपरित संबैधानिक नियुक्ति गरेको बिरोधमा आफुहरु सडकमा उत्रिएको सो समूहले जनाएको छ । ओलीको कदम नसच्चिएसम्म आफुहरु चरणबद्ध आन्दोलनमा रहेको उनिहरुको चेतावनी छ ।


बन्द सफल पार्न नेकपाका केन्द्रीय सदस्य कुमारी मोक्तान, नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी लगायतका नेता कार्यकर्ताले बुद्धचोक, सिमाचोक लगायतमा भेला भई प्रदर्शन गरेका छन् । आमहड्तालको समयमा हुन सक्ने संभावित दुर्घटनालाई मध्यनजर गर्दै मकवानपुर प्रशासनले बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ ।

हेटौडामा आमहड्ताल सफल पार्न जम्मा भएका बन्दकर्ता र प्रहरी बीच बिहान झडप भएको थियो । बिहान प्रहरीले बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीलाई केहीबेर नियन्त्रणमा लिएर छोडेको छ भने विद्यार्थी नेता रामकृष्ण शिवाकोटीलाई नियन्त्रण्मा लिएको थियो ।