Bagmati Samachar Logo

म निः सन्तान भइनँ, के त्यो मेरो दोष होः प्रचण्ड

काठामाडौं । १६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु निसन्तान नहुनु नै मेरो दोष हो र भन्दै गुनासो गरेका छन् । उनले आज विराटनगरमा आमसभालाई सम्बोधन गदै उक्त कुरा बताएका हुन । उनले भने ‘आफुलाई छोराछोरीका लागि मात्र सोचेको भन्ने आरोप लगाएर आफूमाथि अन्याय भइरहेको छ । के म निसन्तान भइन त्यो नै मेरो दोष हो र ? तैँले त छोराछोरीका लागि मात्र सोचिस् भन्दै हिँड्याछन् । मैले एउटा टेलिभिजन अन्तर्वार्तामा पनि भनेको थिएँ, सुन्न पाउनुभयो कि भएन, म नपुंसक भइनँ, म निस्सन्तान भइनँ के त्यो मेरो दोष हो ? मेरा छोराछोरीलाई पढ्न अमेरिका पठाइनँ, सँगै लिएर हिँडे त्यो मेरो दोष हो ? गणतन्त्रको लडाईं लड्दा मेरा छोराछोरी रोल्पाको जंगलमा बन्दुक बोकेर हिँडे, के त्यो मेरो दोष हो ?’

नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रवार प्रदेश १ को विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई न्याय चाहिएको समेत बताए ।

प्रचण्डले थपे– अत्याचार हुन लाग्यो, ओलीले अत्याचार गर्न खोजे, म न्याय चाहन्छु आदरणीय जनसमुदायहरू ।

गएको चुनावका बेलामा आफ्ना छोरीको र छोराको निधन भएपनि आफू देश र जनताका लागि क्रियाशील रहेको बताउँदै प्रचण्डले भने– मेरा लागि सबै युवा प्रकाश (प्रचण्डपुत्र प्रकाश दाहाल) हुन् ।

केही दिनअघि आफूपक्षीय एक भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डले आफ्ना छोरी–ज्वाइँ र सन्तानका लागि मात्र सोचेको भन्दै भनेका थिए– बाउ होस् त त्यस्तो, ससुरा होस् त त्यस्तो ।