Bagmati Samachar Logo

प्रचण्ड भेट्न वामदेब पुगे खुमलटार

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न वामदेव गौतम खुमलटार पुगेका छन् । ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अन्त नेकपा विभाजन भएको छ । नेकपा विभाजन हुदा पनि उपाध्यक्ष गौतम भने कुनै पक्षतर्फ खुलेका छैनन् । उनले केहि दिन पहिला कुनै पनि पक्षको भेलामा नजाने बताएका थिए ।
तर आज उनी प्रचण्ड भेट्न खुमलटार पुगेका छन् ।
खुमलटारमा प्रचण्ड नेपाल पक्षका नेताहरु पनि गौतमसंग छलफलमा सामेल भएका स्रोतले बताए । खुमलटारमा अहिले माधवकुमार नेपाल ,नारायणकाजी श्रेष्ठ र गौतमबीच छलफल भइरहेको स्रोतले बताए । गौतम पक्षका केही नेताहरु भने ओली पक्षमा लागेर मन्त्री भइसकेका छन् ।