केपी ओली सच्चिएर आए पार्टीमा स्थान दिन्छौँः प्रचण्ड
काठमाडौं । ७ पुस । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली सच्चिएर आएमा पार्टीमा स्थान दिने बताएका छन् ।
प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै प्रचण्डले यो कुरा बताएका हुन् । ‘केपी ओलीले गल्ती गरेँ, जनताप्रति अन्तरघात गरेँ, मैले पार्टी र सरकार चलाउन सकिनँ, पार्टी होइन गुट चलाएँ भनेर आत्मालोचना गरेर आएमा हामीले पार्टीमा फेरि पनि स्थान दिन्छौँ,’ दाहालको भनाई थियो ।
उनले आफूहरुको बैठक पार्टीको भए पनि अर्को गुटको भेला भएको बताए । ‘यो पार्टीको बैठक हो, अर्को गुटको भेला हो,’ उनले भने ।
केपी ओली निरंकुश बन्दै गएको जिकिर गरे प्रचण्डले गरेका छन् । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीले कम्युनिष्ट आचरण नै गुमाइसकेको टिप्पणी गरे । उनले भने, ‘उहाँ कम्युनिस्ट विचारबाट च्यूत भइसक्नु भएको छ । उहाँमा कम्युनिस्ट आचरण नै छैन ।’ अध्यक्ष प्रचण्डले केपी नेतृत्वको सरकार मात्रै भंग भएको भन्दै संसद जीवितै रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: