Bagmati Samachar Logo

नेकपाका बहुमत केन्द्रीय सदस्यले ओलीलाई अध्यक्षबाट हटाए नयाँ अध्यक्ष माधव नेपाल

काठमाडौं । ७ पुस । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रचण्ड–नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर पार्टी अध्यक्षबाट हटाएको छ। आज बसेको यो पक्षको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अनुशासनको कारवाही गदै अध्यक्ष पदबाट हटाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

आज बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ अध्यक्ष चयन गरेको छ। यो पक्षको बबरमहलमा जारी केन्द्रीय समिति बैठकले ओलीलाई कारवाही गरी अध्यक्षबाट हटाउने स्थायी समितिको निर्णय अनुमोदन गरेको हो।

आजैको बैठकले कृष्ण बहादुर महरालाई पनि स्थायी कमिटीमा लिने निर्णय अनुमोदन गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सो बैठकमा ३ सय १५ जना केन्द्रीय सदस्य उपस्थित थिए। नेकपाको ४४६ सदस्यीय केन्द्रीय समितिमा हाल ४४१ सदस्य कायम छन्।

सो बैठकले ओलीलाई पार्टी, संगठन, संविधान र देशको हित विपरित कार्य गरेको आरोपमा पदबाट हटाएको हो।

वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा बैठकले नेपाललाई अध्यक्ष पदमा चयन गरेको हो।