Bagmati Samachar Logo

स्थायी कमिटी बैठकमा ओली आउने नआउने अनिश्चित

काठमाडौं । ५ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक आज दिउसो १ बजे बस्दै छ ।
बैठकमा आफुलाई पहीलो नम्बरको अध्यक्ष घोषणा गदै आएका केपी शर्मा ओली भने आउने नआउने टुङ्गो छैन ।
ओली शनिबार बिहान प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । खुमलटार पुगेका ओलीको जोडबल थियो २८ कार्तिकमा सचिवालय बैठकमा पेश भएको प्रस्ताव फिर्ता गराउने । तर सफल हुन सकेनन् ।
ओलीले मंसिर २१ मा बसेको स्थायी कमिटी बैठकमा पनि पत्रलेखर आफु प्रचण्डको प्रस्तावमाथि छलफल हुने भएकाले नआउने बताएका थिए । २८ गते बसेको स्थायी कमिटी बैठकमा पनि ओली आएनन् । जब कि बैठक उनले धुम्बारहीबाट बालुवाटार सारेका थिए ।
१ पुसमा बसेको स्थायी कमिटी बैठकमा बल्लबल्ल आएका थिए । बैठकमा उनले अध्यादेश फिर्ता लिने जानकारी गराएका थिए तर आजसम्म अध्यादेश फिर्ता भएको छैन । उता ८३ जना आफ्नै दलका सांसदहरुको हस्ताक्षर अधिवेशन बोलाउन भन्लै राष्ट्रपति कार्यलय पुगेको थियो । तर सहमति हुने भएपछि हस्ताक्षर पनि दर्ता भएको छैन ।
अब नेकपाका दुबैले दुबै अस्त्र प्रयोग गरेर शक्ति प्रर्दशन गर्ने अवस्थामा पुगेका छन् । प्रधानमन्त्रीले अध्यादेश फिता नलिदा पुन सांसदको हस्ताक्षर सहीत राष्ट्रपति कार्यलयमा अधिवेशन बोलाउन माग गर्ने हुन्छ ।
दोस्रो तहका नेता नेकपाको किचलो मिलाउन सक्रिय रहेपनि सफल हुन सकेका छैनन् । दोस्रो तहका नेताहरुमा शंकर पोखरेल, घनश्याम भुसाल , सुवास नेम्वाङ मिलेर जानकोलागि मध्यमार्गी बाटोको खोजीमा छन् । तर ओली प्रचण्ड आ–आफ्नै अडानमा हुदा विवाद मिल्ने छाटकाट देखिएको छैन ।
आज बस्ने स्थायी कमिटीको बैठकमा पनि ओली आउने नआउने टुङगो नलागेको बालुवाटार स्रोतले बताए । स्रोतले भन्यो ‘प्रधानमन्त्री बैठकमा जाने नजाने १ बजे नै थाह हुन्छ ।’
ओली इतर समुह भने अब ओली नआएपनि प्रस्तावमाथि छलफल गर्ने रणनीतिमा छन् ।