रास्वपा सहमहामन्त्रीमा उम्मेदवारको लर्को, रिमादेखि हिमेशसम्म प्रतिस्पर्धामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा उम्मेदवारहरुको लर्को लागेको छ । ३ जना सहमहामन्त्रीको पदमा १६ जना प्रतिस्पर्धामा उत्रेका छन् ।
रास्वपामा एक महिलासहित ३ सहमहामन्त्री निर्वाचनबाट छनोट हुने व्यवस्था छ । प्रारम्भिक सूचीअनुसार दुई पुरुषका लागि ११ जना र एक महिलाका लागि ५ जनाले उम्मेदवारी दिएका हुन् । यद्यपि, अन्तिम प्रतिस्पर्धासम्म उनीहरूमध्ये केही पछि हट्न सक्ने दाबी गरिएको छ ।
सहमहामन्त्री पुरुषका लागि प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले उम्मेदवारी दिएका छन् । अन्य उम्मेदवारहरूमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त रहेका छन् ।
महिला सहमहामन्त्रीको काटोमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
पदाधिकारीका उम्मेदवारहरूको प्रारम्भिक नामावली
उप सभापति .खुला)
आवश्यक संख्या. १
१. स्वागिम वाग्ले
उप सभापति (महिला)
आवश्यक संख्या. १
१. सविता गौतम
२.तोसिमा कार्की
महामन्त्री
आवश्यक संख्या १
१. कविन्द्र बुर्लाकोटी
२. प्रमोद न्यौपाने
३. राजुनाथ पाण्डे
४. मनिष झा
५. जगदीश खरेल (ललितपुर)
६.रञ्जु दर्शना
७. गणेश कार्की
८. गणेश पराजुली
९. सागर ढकाल
१०. विपिन कुमार आचार्य
सह महामन्त्री (खुला)
आवश्यक संख्या २
१. रमेश प्रसाई
२. यज्ञमणि न्यौपाने
३. सुलभ खरेल
४. असिम शाह
५. अशोक कुमार चौधरी
६. मिलन लिम्बु
७. पुकार बम
८. राजिव खत्री
९. विजय जैस
१०. हरि ढकाल
११. हिमेश पन्त
सह महामन्त्री (महिला)
आवश्यक संख्या १
१. जुली यादव
२. जमुना शर्मा (विदुषी)
३. कामिनी कुमारी चौधरी
४. निशा डाँगी
५. रिमा विश्वकर्मा


प्रतिक्रिया दिनुहोस्: