Bagmati Samachar Logo

सामान्य प्रशासनमन्त्री रावलको सम्पति : २५ तोला सुन, २४ लाख नगद ,काठमाडौं र बारामा जग्गा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले काठमाडौं र बारा गरी दुई ठाउँमा जग्गा आफ्नो नाममा भए पनि स्रोत श्रीमान्‌को आम्दानीलाई देखाएकी छन् । सम्पत्ति विवरणमा उनले काठमाडौंको बुढानीलकण्ठमा ५ आना जग्गा र बाराको कोलाबीमा रहेको १७ धुर जग्गा दुवै आफ्नो नाममा रहेको तर श्रीमान्‌को कमाइबाट खरिद गरेको उल्लेख गरेकी हुन् ।

आफूसँग २५ तोला सुन रहेको उल्लेख गरेकी रावलले यसको स्रोत भने स्वआर्जन र परिवारको उपहारबाट प्राप्त गरेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् ।

नबिल बैंक, ग्लोबल आईएमई बैंक र एभरेस्ट बैंकमा गरी कुल २४ लाख ७८ हजार ७६० रुपैयाँ नगद रहेको उल्लेख गरेकी रावलले सो श्रीमान्‌को आयबाट जम्मा भएको उल्लेख गरेकी छिन् । रावलले एभरेस्ट बैंकमा २० लाख रुपैयाँको ऋण रहेको बताएकी छिन् ।

मन्त्री रावलले विभिन्न कम्पनीको आईपीओ खरिदबाट एक लाख कित्ता बराबरको शेयर रहेको समेत उल्लेख गरेकी छिन् ।