Bagmati Samachar Logo

महिलामन्त्री बादीको सम्पति : १८ तोला सुन, २० वटा कुखुरा र एउटा कुकुर

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीले १८ तोला सुन भएको सम्पत्ति विवरण बुझाएकी छन् । मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विवरणअनुसार बादीले विवाहमा प्राप्त भएको १८ तोला सुन छ । चाँदी १५ तोला र ५० हजार नगद रहेको उल्लेख गरेकी छन् ।

उनले एनआईसी एसिया र प्रभु बैंकमा १५ लाख नगद मौज्दात रहेको विवरण बुझाएकी छन् । आफ्नो र श्रीमानको नाममा स्कुटर र मोटरसाइकल एक–एक थान रहेको विवरण पनि उनले बुझाएकी छन् ।

२० वटा कुखुरा र एउटा कुकुर रहेको विवरण पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ ।