Bagmati Samachar Logo

आधा घण्टामै फेरियो समीकरण, अन्ततस् उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई

काठमाडौं । राजनीतिक समीकरण आधा घण्टामै फेरिएको छ । रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेको छ । यसअघि रास्वपाले राप्रपालाई समर्थन गर्ने निर्णय गरेको नेताहरूले जानकारी दिएका थिए ।

रास्वपाले समर्थन गर्ने भनेपछि राप्रपाबाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन् । तर, अन्तिम अवस्थामा रास्वपाले निर्णय बदलेर श्रम संस्कृतिका उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गरेको हो ।

रास्वपाको साथ पाएपछि ठाकुर उपसभामुख बन्ने पक्का भएको छ । ठाकुरलाई कांग्रेस, एमाले र नेकपाको पनि साथ रहेको छ ।