Bagmati Samachar Logo

पक्राउ परेको १३ दिनमा ओली रिहा

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट नै रिहा भएका छन् । ओलीलाई पक्राउ गरेको १३ औँ दिनमा प्रहरीले हाजीरी जमानीमा छाडेको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ ।

अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी ओलीलाई धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।

ओलीलाई प्रहरीले हिरासत मुक्त गरे पनि उनी अस्पतालबाट डिस्चार्ज हुनेबारे चिकित्सकहरूले निर्णय गर्नेछन् ।