Bagmati Samachar Logo

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो । उनीहरू हाल नेपालबाहिर रहेका छन् ।

गत २४ भदौमा जेन–जी विद्रोहका क्रममा देउवाको निवासमा आगजनी भएको थियो । त्यसक्रममा उनको निवासमा पैसा जले भिडियो समाजीक सञ्जालमा भाइरल बनेको थियो ।