ट्रम्पको धम्कीपछि इरानको जवाफ– कहिल्यै नभुल्ने जवाफ दिन्छौँ
एजेन्सी
काठमाडौं । इरानको सभ्यता समाप्त पार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीइरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले कडा प्रतिक्रिया जनाएको छ ।
आईआरजीसीले सरकारी सञ्चारमाध्यममार्फत जारी गरेको संयुक्त वक्तव्यमा अमेरिका र यसका क्षेत्रीय सहयोगीहरूविरुद्ध अहिलेसम्म निकै संयम देखाएको र बदला लिन लक्ष्य छनोटमा सावधानी अपनाएको बताएको छ ।
राष्ट्रपति ट्रम्पको बयानमा अमेरिकालाई चेतावनी दिँदै आईआरजीसीले अमेरिकी सेनाले आफ्नो सीमा नाघे उनीहरूको प्रतिक्रिया यस क्षेत्रभन्दा पनि बाहिरसम्म पुग्ने चेतावनी दिएको छ । अमेरिका र यसका सहयोगीहरूको पूर्वाधारलाई निशाना बनाउने र वर्षौंसम्म तेल ग्यासको आपूर्ति अवरुद्ध गर्न सक्ने उनीहरूले स्पष्ट पारेका छन् ।
अमेरिकाले पहिल्यै इरानका धेरै ठेगानाहरूलाई निशाना बनाएको छ । यसमा खार्ग टापु, पुल, विद्युत् ऊर्जा केन्द्र र अन्य महत्त्वपूर्ण स्थानहरू समावेश छन् ।
इरानले अमेरिका र उसका सहयोगीलाई इरानको प्राचिन सभ्यताको जसरी नै जवाफ दिने भन्दै उनीहरूले कहिल्यै भुल्न नसक्ने बताएको छ ।
यसैबीच इजरायलको चेतावनीपछि इरानको मशहद शहरमा रेलवे सेवा रोकिएको छ । फार्स न्युजका अनुसार मशहद रेलेवे स्टेशनबाट आउने र जाने सबै रेल अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको हो ।
मंगलबार इजरायली सेनाले इरानी जनतालाई रेलवेमा यात्रा नगर्न र स्टेशनबाट टाढै रहन आग्रह गरेको थियो ।
।
प्रतिक्रिया दिनुहोस्: