Bagmati Samachar Logo

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि उनी राष्ट्र बैंककै कार्यकारी निर्देशक थिए। एमाले कांग्रेस गठबन्धनको सरकार हुँदा गभर्नर हुने चर्चाबीच उनले उक्त पदबाट राजीनामा दिएका थिए। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई गर्भनर बनाएन ।

भट्ट २०५७ मा सहायक निर्देशकको रूपमा राष्ट्र बैंकमा प्रवेश गरेका थिए।

लामो समय राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा जिम्मेवारी सम्हालेका उनले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग र मौद्रिक व्यवस्थापन विभागमा रहेर काम गरेका थिए।

भट्टले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन्।