लुम्बिनी सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न आदेश
काठमाडौं । बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न जिल्ला अदालत काठमाडौंका न्यायधीश जगतबहादुर पौडेले आदेश दिएका हुन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले म्याद थपका लागि उपस्थित गराइएकी शर्मालाई रिहा गर्न आदेश दिएको हो।
‘रेखाकुमार शर्मा उपर मुद्दा नचल्ने भै आएको निर्णय समर्थन गरी अन्तिम निकाशा पठाइदिने निर्णय गरिदिएको छ भन्ने महान्यायाधिवक्ताको कार्यालयबाट जेठ १६ मा निर्णय भइसकेको विषयमा पुनः सोही विषयमा प्रतिवादीलाई थुनामै राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिँदा प्रतिवादी रेखाकुमारी शर्मालाई हिरासतबाट मुक्त गरी मुद्दाको अनुसन्धान गर्नू,’ अदालतले भनेको छ।
प्रहरीले उनलाई नयाँ जाहेरीको आधारमा चैत १६ गते पक्राउ गरेको थियो। चैत १५ गते नयाँ जाहेरी परेपछि प्रहरीले उनलाई पुरानै कसुरमा पक्राउ गरेको थियो।
पक्राउ गरी म्याद थपका लागि अदालतमा उपस्थित हुँदा मिसिल फाइल आगजनी भएको सरकारी वकिलले जिकिर गरेको थियो। त्यही मिसिल फाइलको सनाखत गर्न भनेर ३ दिनको म्याद दिएको थियो।

प्रतिक्रिया दिनुहोस्: