अबदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा
काठमाडौं । सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको जानकारी दिए ।
पश्चिम एसियामा जारी युद्धका कारण अहिले पेट्रोलियम पदार्थको आपूर्ति असहज बनेको कारण यस्तो निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिए ।
यस्तै, बैठकले शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको समय बिहान ९ देखि ५ बजे कायम रहने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै शिक्षामन्त्री पोखरेलले उक्त समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका हकमा लागू हुने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: