Bagmati Samachar Logo

लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जना घाइते

काठमाडौं । लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ७ मा बेँसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप दुर्घटनामा परेको हो ।

गाडी सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको लमजुङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका १४ जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो, तीमध्ये २ जनाको मृत्यु भएको हो ।

बाँकी १२ जना घाइतेहरूको हाल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २–३ जनाको अवस्था गम्भीर रहेको डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।