रास्वपाको विजयमा सेनादेखि बारबरा फाउन्डेसनको योगदान छ : बादल
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थाहा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘चामत्कारिक विजय’मा नेपाली सेनादेखि बारबरा फाउन्डेसनलगायतका शक्तिको साथ भएको बताएका छन् ।
बिहीबार संसदको पहिलो बैठकमा बोल्दै बादलले टीओबीलगायत समूहको पनि साथ भएको भन्दै त्यसलाई एआई र गोयबल्स तरिका गरिएको बताए ।
उनले भने, ‘शान्ति र समृद्धिका नायकलाई खुंखार खलनायकको रूपमा चित्रित गरेको र देश चलाउनेलाई नायकको रूपमा चित्रित गरिएको छ ।’ आफ्नो प्रश्न भने जारी हुने भन्दै बादलले भने, ‘हामी निरन्तर गरिमामय सदनमा आवाज घन्काउनेछौँ ।’
सम्बोधनमा बादलले रास्वपालाई बधाई दिए भने भदौ २३ र २४ का शहीदलाई पनि स्मरण गरे । पराजयबाट सिकेर अगाडि जाने उनले बताए ।
थापाले देश जलाउने खलपात्रलाई नायक बनाइएको दाबी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जादुमयी विजयजस्तो देखिए पनि रास्वपाको जित स्वाभाविक नभएको बताएका हुन् ।
‘जादुमयी विजयको लागि बाह्य पक्ष, टीओबी एआई, अल्गोरिदम धेरैले काम गरे । देश जलाउने खलपात्रलाई नायक बनाइयो । उनीहरूले उनीहरूले निर्णायक भूमिका खेले,’ उनले भने, ‘रास्वपाको चामत्कारिक विजयले असाधारण प्रश्न उठाएको छ ।’
उनले कुन उद्देश्यले सिंहदबार, संसद भवन, सर्वोच्च, नेताको घर सुनियोजित ढंगले जलाइयो भन्दै प्रश्न गरेका छन् । हतियारधारी टिओबी जेन–जी विद्रोहमा उपस्थित भएको कुरालाई पनि उनले पनि शंकास्पद रूपमा उठाए । साथै, पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई कुन उद्देश्यले पक्राउ गरियो भन्दै उनले प्रश्न उठाएका छन् ।
थापा बादलले २३ र २४ भदौको जेन–जी आन्दोलनमा रास्वपाको अघोषित सहभागिता रहेको आरोप लगाएका हुन् ।
बादलले संसदमा दलको तर्फबाट धारणा राख्दै दुवै दिनको आन्दोलनमा रास्वपाको सहभागिता रहेको पुष्टि भएको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्: