Bagmati Samachar Logo

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन

काठमाडौं । सरकारले संविधान संशोधनको लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको छ । कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि पनि सहभागी हुनेछन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

असिम २०७९ मा रास्वपाबाट समानुपातिक सांसद भएका थिए । यसपटक असिम सांसद छैनन् । यसपटक वालेन्द्र शाहलाई रास्वपासँग वार्ता गराउने र समझदारी गर्नमा प्रमुख भूमिका नै असिमले खेलेका थिए । रास्वपाको वाचापत्रअनुसार संविधान संशोधनको लागि बहसपत्र तयार गर्न सरकारले कार्यदल गठन गर्ने घोषणा गरेको हो ।