Bagmati Samachar Logo

ओलीलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि थुनामुक्त गर्न अस्वीकार गरेको छ । ओलीकी पत्नी राधिका शाक्यले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

तर अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । आजै पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि अदालतले थुनामुक्त गर्न अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।

दुवै जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार काठमाडौं अदालतले अनुमति दिएको थियो । शनिबार बिहानै ओली–लेखक पक्राउ परेका थिए ।

भदौ २३ र २४ मा भएको जेन–जी प्रदर्शनमा किशोरकिशोरको ज्यान जाने गरी हेलचेक्र्याइँ गरेको सिफारिसको आधारमा ओली र लेखकलाई पक्राउ गरी अनुसन्धान सुरु भएको हो ।