Bagmati Samachar Logo

ओली पत्नी राधिकाले सर्वोच्चमा पेस गरिन् बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पेस गरेकी छन्।
ओलीको रिहाइ माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश गरेकी हुन् ।

निवेदनमा गैरकानुनी रुपमा पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीको तर्फबाट शाक्यले बन्दी प्रत्यक्षीकरणको निवेदन पेश गरेकी हुन् ।

उनका अनुसार यसअघि अर्को पनि रिट पेस भएको थियो।

शनिबार बिहान प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो।

उनीमाथि भदौ २३ र २४ गते भएको घटनासँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान गर्न पक्राउ गरेको हो।

पक्राउ परेका ओलीको म्याद लिन प्रहरीले उनलाई भर्चुअल माध्यमबाट जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ। उनलाई १० दिन हिरासतमा सरकारी वकिलले माग गरेको छ।