Bagmati Samachar Logo

कांग्रेस इतर समूहले भन्यो– ओली र लेखक पक्राउको राजनीतिक प्रतिवाद गर्छौँ

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ राजनीतिक प्रतिशोध भएको टिप्पणी गरेको छ ।

शनिबार ठमेलको एक होटलमा बसेको बैठकपछि कार्यवाहक सभापतिको हैसियतमै विज्ञप्ति जारी गरेर पूर्णबहादुर खड्काले राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यबाट सरकारले लेखकलाई पक्राउ गरेको बताएका छन् ।

संस्थापन इतर समूहले ओली र लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । ओली र लेखकमाथि सरकारले गरेको राजनीतिक प्रतिशोधको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरिएको खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।