Bagmati Samachar Logo

ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । शनिबार बिहानै पक्राउ परेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।

गुण्डुस्थिति निवासबाट पक्राउ गरिएका ओलीलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा ल्याइएको थियो । भद्रकालीबाट ओलीलाई अस्पतालमा लागिएको हो ।

ओलीको स्वास्थ्यमा समस्या रहेको छ । सोहीकारण उनको स्वास्थ्य ख्याल गर्दै अस्पताल लागिएको हो ।

मृगौलामा समस्या रहेका ओलीले नियमित औषधि खाने गरेका छन् ।