बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभाका सदस्य शाह प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।
बालेनलाई रास्वपाले बिहीबार संसदीय दलको नेता चयन गरेको थियो ।
प्रधानमन्त्रीमा नियुक्त शाहले आजै मध्याह्न १२:३४ बजे राष्ट्रपति निवास शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्: