चार संसदीय दलको नेतामा हुन सक्छन् पूर्वमाओवादीका प्रचण्ड, बादल,बालेन र ज्ञानेन्द्र शाही
काठमाडौं । प्रतिनिधि सभाका सदस्यहरुको शपथग्रहरण पछि संसद चल्ने छ । संसदमा यो पटक एउटा दृष्य फरक देखिने भएको छ ।
त्यो हो अहिले अलग अलग पार्टीका तर कुनै समय एउटै पार्टीका र त्यहि पार्टीका भ्रातृ संगठनका नेताहरु संसदमा चार पार्टीका संसदीय दलका नेता बन्ने संभावना बनेको छ ।
प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड बन्ने छन् । उनी नेकपाको संयोजक हुन् । नेकपाबाट अन्य सिनियर नेताहरुले चुनाव हार्दा प्रचण्डले रुकुम पूर्वबाट चुनाव जीतेका छन् ।
उनी नै नेकपाको संसदीय दलको नेता बन्ने छन् । उनले चुनाव जीतेपछि पूर्वीरुकुमा संविधानको रक्षा ,जनताले पाएका अधिकारको रक्षा गर्नु र थप अधिकारकालागि लोकतान्त्रीक विधिबाट संविधान संशोधन गरेर अगाडि बढ्नु पर्ने बताएका थिए ।
उनले प्रत्यक्ष कार्यकारी प्रमुख नहुँदासम्म राजनीतिक उतारचढाउ भइराख्ने पनि बताएका थिए ।
जनयुद्ध र जनआन्दोलनको नेता, संविधानको निमार्ता भएकाले चुनाव हुनु नै जनताको जीत भएको बताएका थिए । उनले भनेका थिए, ‘संसद भित्रको वरिष्ठ नेता म भइसके । मलाई कसैले माइनस गर्न सक्दैन । सरकार जसको भएपनि प्रचण्ड विना चल्दैन । यो कुरा रुकुमको जनताले लाहाछाप लगाएर पठाएको छ । यहि उर्जाका साथ काठमाडौं जार्दै छु ।’
उनले त्यहि बेला भनेका कुराका आधारमा पनि उनी नै नेकपाको दलको नेता बन्ने छन् ।
उनी अहिले नेकपाको संयोजक भएपनि २०५२ सालदेखि नेकपा नबन्दासम्म माओवादी पार्टीका प्रमुख थिए । उनको नेतृत्वमा माओवादीले १० वर्ष जनयुद्ध गर्यो । १२ बुँदे सम्झौता हुँदै संसदीय राजनीतिमा आए । २०६४ साल २८ चैतमा पहिलो संविधान सभाको चुनाव भयो । त्यसपछि पहिलो पटक प्रचण्ड दलको नेता बनेका थिए । त्यसपछि निरन्तर संसदीय राजनीतिमा उनी दलको नेता र प्रधानमन्त्री बन्दै आएका छन् ।
यो पटक उनको दल संसदमा चौथो भएको छ । पहिलो संविधान सभामा पहिलो भएको माओवादी ०७० सालको दोस्रो संविधान सभाको चुनाव पछि ओराला लाग्दै आएको छ । २०७४ सालमा गणतन्त्र पछिको पहिलो प्रतिनिधि सभाको चुनावमा दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी मिल्दा झण्डै दुई तिहाइ जीतेको थियो । तर आन्तरिक कलह चरममा पुगेको समयमा नै सर्वोच्च अदालतले नेकपालाई नै विभाजन गरिदियो ।
२०६४ देखि प्रचण्ड निरन्तर दलको नेता बन्दै आएका छन् । यो पटक पनि उनी नै दलको नेता बन्ने छन् ।
रामबहादुर थापा बादल
प्रतिनिधि सभामा तेस्रो पार्टी नेकपा एमालेमा पनि अहिलेको पदाधिकारीबाट चुनाव लडेका सबै नेताहरु पराजीत भएका छन् ।
समानुपातिकबाट पदाधिकारीबाट रामबहादुर थापा बादल र पद्मा अर्याल प्रतिनिधि सभामा सांसद छन् ।
एमालेमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल लगायतका पदाधिकारीले प्रत्यक्षमा चुनाव हारेका छन् । अब दलको नेता सिनियरबाट बनाउने हो भने उपाध्यक्ष रामबहादुर थापा बादलले पाउने सम्भावना धेरै रहेको छ ।
एमालेबाट बादल संसदीय दलको नेता बनेमा उनीपनि पूर्वमाओवादी हुन् । कुनै समयमा प्रचण्डका सबै भन्दा बढी निकट मानिने बादल समयको परिवर्तनसँगै फरक पार्टीबाट दलको नेता बनेर प्रचण्डको भन्दा ठूलो पार्टीको नेतृत्व गर्ने छन् ।
माओवादीले जनयुद्ध गर्दादेखि शान्ति प्रक्रियामा आउदासम्म पनि बादल प्रचण्डका निकट थिए । प्रचण्ड र बादलको घर पनि चितवनमा भएकाले दुबै नेताहरु सानैदेखि संगै संगठनमा काम गरेका थिए ।
माओवादीले जनयुद्ध गर्दा प्रचण्ड, मोहन वैद्य किरण, बाबुराम भट्टराई र बादल उच्च तहका नेतामा पर्थे । बादल तत्कालीन माओवादीमा चौथो नम्बरमा पर्थे ।
२०६९ सालमा किरण र बादलले प्रचण्डको साथ छोडे । तर पछि बादलको नेतृत्वमा किरणलाई छोडेर पर्नु माओवादीमा नै फर्केका थिए । बादल फर्केपछि पनि प्रचण्डको निकट भएका थिए ।
माओवादी र एमाले मिलेर नेकपा बन्दा पनि तत्कालीन माओवादीबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ र बादल नै सचिवालयमा थिए ।
अदालतले नेकपा विभाजन गरीदिएपछि माओवादी र एमाले पूर्ववत अवस्थामा फर्के तर केहि माओवादीहरु एमालेमा नै बसे । जसमा बादल ,लेखराज भट्ट लगायतका थिए । बादल एमालेमा बसेपछि अध्यक्ष ओलीको निकट भए ।
अहिले पनि एमालेमा वरियतामा बादल नै अगाडि छन् । यहि बरियताको आधारमा दलको नेता चयन गरेमा एमालेबाट बादल हुने छन् । यदि बादल एमालेको दलको नेता भएमा प्रचण्ड नेतृत्वको नेकपा भन्दा ठूला दलको नेता हुने छन् ।
माओवादीमा रहदासम्म प्रचण्डलाई नेता मान्दै आएका बादल समयक्रमले संसदीय राजनीतिमा प्रचण्ड नेतृत्वको पार्टी भन्दा ठूलो पार्टीको दलको नेता हुने छन् । प्रचण्ड पछि पूर्वमाओवादीबाट दलको नेता हुनेमा बादल हुने छन् । बादललाई माओवादी जनयुद्धमा सैन्य विज्ञको रुपमा प्रचार गरिन्थ्यो ।
बालेन साह
राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का वरिष्ठ नेता बालेन साह पनि दलको नेता हुने छन् ।
बालेन दलको नेतामात्र होइन प्रधानमन्त्री हुदैछन् । राजनीतिक पृष्ठभूमि हेर्दा बालेन पनि कलेज पढ्दा माओवादीको भ्रातृ संगठन
अनेरा स्ववीयु क्रान्तिकारीमा संगठित भएका थिए । काठमाडौंको कान्तिपुर सिटी कलेज पढ्दा त्यहिको क्रान्तिकारीको इकाइ कमिटीमा बसेका थिए ।
त्यो समयमा क्रान्तिकारीका केसीसी इकाइ कमिटी अध्यक्ष संजय कालधनका अनुसार बालेन क्रान्तिकारीको इकाइ कमिटी सदस्य थिए । उनले भने,‘उहाँ हाम्रो संगठनको इकाइ कमिटी सदस्य हुनु हुन्थ्यो । कलेजमा उनी आफ्नो कक्षाको इन्चार्ज थिए ।’
कालधन पछि उक्त कलेजमा अध्यक्ष कमल बम भएका थिए । बम अध्यक्ष हुँदा पनि बालेन कमिटीमा बसेका कालधन बताउछन् ।
बालेन त्यसपछि ह्वाइट हाउस कलेज भर्ना भए । त्यहाँ क्रान्तिकारीका अध्यक्ष तेजनारायण यादव थिए । यादवको कमिटीमा पनि बालेन संगठित भएका कालधन बताउछन् । उनले भने,‘बालेन जी त हाम्रो संगठनमा केसीसी र ह्वाइट हाउस कलेजमा बस्नु भएको थियो । उहाँ तेजनारायण यादव अध्यक्ष हुनु हुन्थ्यो । अहिले दुबै जना एउटै पार्टीमा हुनु हुन्छ ।’
बालेनको राजनीतिक पृष्ठभूमि पनि पूर्वमाओवादी रहेको छ । उनी दुबै कलेजमा क्रान्तिकारीको कमिटीमा बसेर काम गरेका थिए ।
त्यसपछि उनी ¥याप गाएर चर्चामा थिए ।
२०७९ सालको स्थानीय तहको चुनावमा बालेन काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उठे । त्यसपछि उनको चर्चा झन हुन थाल्यो ।
देशको सबैभन्दा ठूलो महानगरपालिकामा ठूला राजनीतिक दलहरूका उम्मेदवारविरुद्ध बालेनले स्वतन्त्र उम्मेदवारी दिएपछि सबैको ध्यान उनीमा गयो । बालेन पेसाले स्ट्रकचरल इन्जिनियर र गित संगीतमा लागेको व्यक्ति एका एक राजनीतिमा आउदा धेरैले पत्याएका थिएनन् । तर उनले दलका उम्मेदवारलाई पराजीत गरेर काठमाडौंको मेयरमा चुनाव जीते । त्यसपछि झन नयाँ पुस्ताका युवाको लागि आर्दश पात्र बने ।
मेयरको पदबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरेका बालेन झापा क्षेत्र नंं ५ बाट प्रतिनिधि सभाको चुनाव लडे र एमाले अध्यक्ष ओलीलाई पराजीत गरे ।
३ वर्षे मेयरको कार्यकालमा बालने चर्चा र विवाद बाट टाढा रहन सकेनन् । उनी अहिले प्रधानमन्त्री हुने तयारी गरिरहेका छन् । यो पटकको संसदमा दलको नेता हुनेमा उनी पूर्वमाओवादीबाट तेस्रो व्यक्ति हुन् । उनी माओवादीको भ्रातृ संगठनमा हुँदा प्रचण्ड अध्यक्ष नै थिए । बादल पनि माओवादीका ठूलै नेता थिए ।समयक्रमसँगै बालेन प्रधानमन्त्री हुँदा प्रचण्ड र बादल पनि फरक फरक दलका नेता भएर संसदमा आउने छन् । क्रान्तिकारीमा हुँदा प्रचण्ड बादलले बालेनलाई नभेटका र नचिनेका पनि हुनसक्छन् । तर इतिहासमा कुनै समयमा आफ्नो कार्यकर्ता दुई तिहाइ सहित प्रधानमन्त्री भइरहदा प्रचण्ड र बादलका पार्टी भने अस्तित्व रक्षाका लागि संघर्ष गरिरहेका छन् ।
ज्ञानेन्द्र शाही
ज्ञानबहादुर शाहीले अखिल क्रान्तिकारीको भक्तपुर क्याम्पसको इकाइ कमिटी सदस्यबाट राजनीति सुरु गरेका थिए । एसएलसी पास गरेपछि शाही भक्तपुर क्याम्पस पढेको र क्रान्तिकारीको इकाइ कमिटी सदस्य भएको तत्कालीन भक्तपुर जिल्ला कमिटी सदस्य रुपक ढकाल बताउँछन् । ढकालले भने, ‘उहाँ आईए पढ्न भक्तपुर क्याम्पस भर्ना भएका थिए । उनी क्रान्तिकारीको इकाइ कमिटी सदस्य थिए । त्यही समयमा पनि हावाहावा कुरा गर्ने र चर्चामा आउन चाहन्थे । दुई वर्ष क्रान्तिकारीको कमिटीमा बसेर काम गरेका हुन् ।’
क्याम्पसले दिने छात्रवृत्तिको बैठकमा पठाउँदा उनले कर्णालीलाई अहिलेको भन्दा दोब्बर दिनुपर्छ भन्दै बैठकमा नै होहल्ला गरेको ढकाल बताउँछन् । उनले भने, ‘उहाँलाई एकपटक क्याम्पसले दिने छात्रवृत्तिको बैठकमा पठाएका थियौँ । उहाँले त अहिले नै दिएको जति छात्रवृत्तिले हुँदैन, कर्णालीलाई दोब्बर दिनुपर्छ भन्नुभएछ । उहाँ जसरी पनि भएको कुरामा चाहिँदो नचाहिँदो गर्ने व्यक्ति हुनुहुन्थ्यो ।’
शाही क्रान्तिकारी पछि सामाजिक अभियन्ता बने । सामाजीक अभियन्ता बनेपछि उनी चर्चा र विवादमा आए । उनले ठाउँ ठाउँमा भ्रष्टाचार विरुद्ध कार्यक्रम गरे । कार्यक्रम गर्नेक्रममा नै कहि कुटाइ पनि खाए ।
अभियन्ता हुँदै राप्रपा छिरेका शाहीले अघिल्लो पटक पनि जुम्लाबाट चुनाव जीते । यो पटक पनि जुम्लाबाट चुनाव जीतेर राप्रपामा प्रत्यक्ष चुनाव जीत्ने एक्लो व्यक्ति भएका छन् । उनलाई राप्रपाले संसदीय दलको नेता चयन गरिसकेको छ ।
उनीसँगै यो संसदमा पूर्वमाओवादीहरु चार जना चार पार्टीबाट संसदीय दलको नेता हुने छन् ।
प्रतिक्रिया दिनुहोस्: