Bagmati Samachar Logo

समानुपातिक सांसदको प्रमाणपत्र लिने कार्यक्रममा केसी र बादल अनुपस्थित

काठमाडौँ । निर्वाचन आयोगले बिहीबारका लागि तय गरेको समानुपातिक सांसदको प्रमाणपत्र लिने कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष रामबहादुर थापा बादल अनुपस्थित रहेका छन् ।

अन्य समानुपातिक सांसदले निर्वाचन आयोगमा पुगेर प्रमाणपत्र लिएपनि दुई सांसद भने अनुपस्थित रहेका हुन् ।

केसी प्रतिनिधिसभाका ज्येष्ठ सदस्य समेत हुन् । नेता केसीले कार्यव्यस्तताका कारण आफू बाहिर रहेकाले जान नसकेको बताए । ‘म एउटा कार्यक्रमका सिलसिलामा बाहिर थिएँ । सोही कारण जान भएँ । प्रमाणपत्र प्रतिनिधिले लिनु भएको छ’, उनले भने ।

यस्तै नेता बादल भने अनुपस्थित रहनुको कारण खुलेन ।