Bagmati Samachar Logo

अमेरिकी सैन्य विमान इराकमा दुर्घटना हुदा चार जनाको मृत्यु

काठमाडौं । अमेरिकी सेन्ट्रल कमान्डले अमेरिकी सेनाको एउटा इन्धन भर्ने जहाज पश्चिमी इराकमा दुर्घटनामा परेको छ । उक्त जहाज दुर्घटना हुँदा चालकदलका छमध्ये चार जनाको मृत्यु भएको जनाएको छ।

उक्त घटनामा शत्रुपक्ष वा आफ्नै सेनातर्फबाट भएको कुनै पनि गोलाबारीको संलग्नता नदेखिएको बताइएको थियो।

यो विमान इरानविरुद्ध अमेरिकाले जारी राखेको आक्रमणमा प्रयोग गरिएको थियो। यस घटनामा दुईवटा विमान संलग्न रहेको र दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण भएको बताइएको छ।

त्यस्ता जहाजहरू युद्धका बेला आकाशमै अन्य विमानमा तेल भर्न प्रयोग गरिन्छ।

सँगसँगै मध्यपूर्वका क्षेत्रहरूमा तनावको अवस्था कायमै रहेको छ। यसअघि इरानको राजधानी तेहरानमा नयाँ चरणको आक्रमण सुरु गरेको जानकारी दिएको इजरेलले शुक्रवार पनि लेबननमा हिज्बुल्लाहले प्रयोग गरेका स्थालहरूलाई निसाना बनाएको छ।

अर्कोतर्फ इरानका नयाँ सर्वोच्च नेताको एउटा वक्तव्य सरकारी टेलिभिजनमार्फत् पढेर सुनाइएको छ। सत्ता सम्हालेपछि आएको उनको पहिलो वक्तव्यमा ुस्ट्रेट अफ हर्मुजुलाई निरन्तर अवरुद्ध राख्ने प्रतिबद्धता पनि समावेश छ।

हालै इरानको नयाँ सर्वोच्च नेताको रूपमा मुज्तबा खामेनेईको नाम घोषणा गरिएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका थिए।

उनी अमेरिकी र इजरायली आक्रमणको पहिलो चरणमै तेहरानस्थित निवास परिसरमा मारिएका आयतोल्लाह अली खामेनेईका छोरा हुन्।

पिताको उत्तराधिकारी बनेयता मुज्तबा खामेनेई सार्वजनिक रूपमा देखिएका छैनन्। त्यसले गर्दा उनी घाइते भएको वा मारिएको पनि हुन सक्ने अड्कलबाजी भइरहेको बीबीसीले जनाएको छ।

अमेरिकाले जारी कारबाहीका क्रममा इरानका लगभग ६,००० स्थानमा आक्रमण गरिएको जनाएको छ।

अमेरिकी सेन्ट्रल कमान्डले जनाएअनुसार त्यस क्रममा करिब ६० वटा पानीजहाज र विस्फोटक पदार्थ बिच्छ्याउने ३० वटा वाहनलाई क्षतिग्रस्त बनाइएको वा नष्ट पारिएको छ।