Bagmati Samachar Logo

रास्वपाले समानुपातिकमा ५० लाख मत कटाउदा अरुको कति ?

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ५० लाख मत कटाएको छ ।

कुल १ करोड ४ लाख ४३ हजार २७२ मत गणना गर्दा रास्वपाले ५० लाख १४ हजार ८९१ मत पाएको छ ।

त्यस्तै नेपाली कांग्रेसले १६ लाख ९५ हजार २६६ तथा नेकपा (एमाले)ले १४ लाख १३ हजार ६९ समानुपातिक मत प्राप्त गरेको छ ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ७लाख ६८ हजार ३२७ मत पाएको छ । श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४६८ ल्याएको छ ।

त्यसैगरी थ्रेसहोल्ड कटाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ लाख २५ हजार ३७५ मत ल्याएको छ ।
पहिला पहिला राष्ट्रिय पार्टी भएका धेरै पार्टीहरुले यो पटक थ्रेसहोल्ड कटाउन सकेनन् । नत प्रत्यक्षमा एक सिट नै जिते ।