समानुपातिकतर्फ रास्वपाले कटायो ५० हजार मत, अरु दलहरू कसको कति ?
काठमाडौं । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ ५० हजार मत कटाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ । हालसम्म गणना भएको मत अनुसार रास्वपाले समानुपातिकतर्फ ५६ हजार ९०१ मत पाएको हो ।
यसैगरी नेपाली कांग्रेसले १७ हजार मत पाउँदै दोस्रो स्थानमा रहेको छ भने हालसम्म समानुपातिकमा ९ हजार ८८५ मतसहित नेकपा एमाले तेस्रो स्थानमा रहेको छ ।
प्रास्त मतपरिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०लाई समानुपातिकतर्फ पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले ६ हजार ३३० मत पाएको छ । हालसम्म नेकपाले भने समानुपातिकतर्फ ३ हजार ९१३ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी राष्ट्रिय परिवर्तन पार्टीले २ हजार ४६९ मत पाएको छ भने हालसम्म श्रम संस्कृति पार्टीले २ हजार समानुपातिक मत प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: