Bagmati Samachar Logo

हारपछि एमाले उपाध्यक्ष पौडेलले भने– निर्वाचनको यो परिणामबाट कत्ति पनि विचलित नहुनुहोस

काठमाडौं । नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलले रुपन्देही–२ बाट हार व्यहोरेपछि पार्टी पंतिलाई विचलित नहुँन आग्रह गरेका छन् । चुनावपछि जारी मतगणनामा देशभरीबाट अनपेक्षित परिणाम आइरहेका बेला एमाले निकै कम स्थितिमा रहेकोमा पौडेलले सान्त्वना दिँदै यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘राजनीति एउटा लामो यात्रा हो, जहाँ उतारचढाव आइरहन्छन । कस्तै परिस्थितिमा पनि हाम्रो निष्ठा र सङ्कल्प कमजोर हुनुहुँदैन। यसर्थ, अझ सशक्त रूपमा जनताको सेवामा समर्पित हुन हार्दिक अनुरोध गर्दछु ।

बिगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समिक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाइ रुपनान्तरण गर्न र नेकपा ९एमाले०को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता ब्यक्त गर्दछु ।’

उनले थप भनेका छन्, ‘लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रुपन्देही क्षेत्र नम्बर २ का आदरणीय मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्दछु ।’

आफुलाई हराउँदै विजयी हुने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनले सो क्षेत्रको विकास र समृद्धिको यात्रालाई अझै उचाईबाट अगाडी बढाउनेमा समेत विश्वास व्यक्त गरेका छन् ।