नेकपा संयोजक प्रचण्ड रुकुम पूर्वबाट विजयी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट विजयी भएका छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् ।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवार सन्दीप पुनले २०३, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार जुद्धबहादुर बुढामगरले १९१ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्: