Bagmati Samachar Logo

दाङको क्षेत्र नं. ३ का दुई मतदान केन्द्रमा एक जना पनि भोट हाल्न गएनन्

काठमाडाैं । दाङको क्षेत्र नं. ३ को दुईवटा मतदान केन्द्रमा अहिलेसम्म एकजना पनि मतदाताभोट हाल्न गएनजन् । दाङको बबई गाउँपालिका वडा नम्बर ७ मलई स्थित देउती मावि तल्लो मलई र वडा नम्बर १ मा अवस्थित जनता मावि जिला मतदान केन्द्रमा अहिलेसम्म एकजना पनि मतदाताले भोट हालेका छैनन् ।

उहाँहरुले भोट हाल्न नजानुको कारण बाँके राष्ट्रिय निकुञ्ज भित्र परेको दुबै वटा वडाको मलई र १ नं वडाको बस्ती स्थानन्तरण नुहुनु भएको गाउँपाकिाल अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले बताए । उनले भने,‘दुई वटा वडाको दुई मतदान केन्द्रमा मतदान भएन् । उहाँहरुको माग पुरानो हो बस्ती स्थानन्तरण तर अहिलेसम्म भएन । त्यहि भएर भोट हाल्न जानु भएन् । पालिकाले पटक पटक वनमन्त्रालय, प्रधानमन्त्री कार्यालयमा यसकाले जानकारी गरेको हो । तर अहिलेसम्म भएन । उहाँहरु आफ्नो माग पुरा नहुँदासम्म भोट हाल्न नजाने अडानमा छन् । त्यहि भएर जानु भएन ।’

उक्त दुबै स्थानका जनताहरुले एक महिना अगाडिदेखि बस्ती स्थानान्तरण नभए चुनाव बहिष्कार गर्ने घोषणा गरेका थिए ।
निर्वाचनका लागि मतदान केन्द्रमा सुरक्षा व्यवस्थासहित सबै ब्यवस्था मिलाईएको छ । मतदानमा खटिएका कर्मचारीहरु विहान सातै बजेबाट तयारी अवस्थामा बसेका छन् तर पनि मतदान गर्न मतदाता उपस्थित नभएको दाङका प्रहरी नायव उपरिक्षक रमेश बोहराले जानकारी दिए ।