Bagmati Samachar Logo

प्रधानमन्त्री कार्कीले गरिन् मतदान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्। काठमाडौंको क्षेत्र नम्बर ५ स्थित धापासी निमावि, फैमालचुली केन्द्र पुगेर बिहानै प्रधानमन्त्री कार्कीले मतदान गरेकी हुन्।

बिहीबार प्रधानमन्त्री कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह पनि गरेकी छन्।

ुआदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु,ु प्रधानमन्त्री कार्कीले फेसबुकमा लेखेकी छन्।