Bagmati Samachar Logo

उम्मेदवारसमेत रहेका नारायणकाजी गएनन भोट हाल्न

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सर्लाही ३ का उम्मेदवार नारायणकाजी श्रेष्ठ गोरखामा मतदान गर्न गएनन् । गोरखाका स्थायी बासिन्दा श्रेष्ठको मतदाता नामावली गोरखाको सिरानचोक गाउँपालिकास्थित जौबारीमा छ ।

तर, उम्मेदवार सर्लाहीको क्षेत्र नं. ३ मा दिएका छन् । उनले पनि मत गर्न सर्लाहीबाट गोरखा आउनुपर्ने थियो । तर टाढा भएकालेले जान नसकेको उनका स्वीकय उपदेश यादवले बताए । उनले भने,‘सर्लाहीबाट गोरखा जान सात आठ घण्टा लाग्छ । धेरै टाढा भएकाले उहाँ जान सक्नु भएन् ।’
श्रेष्ठले मतदान गर्ने गोरखा क्षेत्र नं. २ बाट नेकपाका लेखनाथ न्यौपाने उम्मेदवार बनेका छन् ।