इरानले भन्यो– हामी अमेरिकासँग वार्ता गर्दैनौँ
काठमाडौं । इरानका सुरक्षा प्रमुख अली लारीजानीले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो देशले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नगर्ने बताएका छन् ।
लारीजानीलाई इरानी अधिकारीहरूले अमेरिकासँग पुनः वार्ता सुरु गर्ने योजना बनाइरहेका छन् कि भन्ने प्रश्न सोधिएको थियो । त्यसको जवाफ दिँदै उनले स्पष्ट रूपमा ुइरान अमेरिकासँग वार्ता गर्ने छैनु भनेका हुन् ।
अली लारीजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव हुन् । उनी यसअघि इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईका सल्लाहकारसमेत रहिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्: