जेन–जी आन्दोलनमा प्रहरीको हतियार खोसेका व्यक्ति रविको उम्मेदवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक जना उम्मेदवार नै गत २३ र २४ भदौमा देश जलाउन हिँडेको व्यक्ति रहेको खुलेको छ । जान्नेलाई छान्ने भन्दै आएको रास्वपाले भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने र देश जलाउने व्यक्ति कृष्णकुमार कार्की मोरङ क्षेत्र नं. २मा रास्वपाका उम्मेदवार बनेका छन् । रवि लामिछाने सभापति रहेको रास्वपाले कार्कीलाई आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।
जेन–जी प्रदर्शनमा एक अर्धनग्न व्यक्तिको तस्बिर निकै भाइरल भएको थियो । हातमा बन्दुक बोकेका ती व्यक्ति कृष्णकुमार कार्की हुन् । रतुवामाई नगरपालिका स्थायी ठेगाना भएका कार्कीलाई उम्मेदवार बनाएपछि रास्वपाको चर्को विरोध भएको छ ।
राज धर्मले घण्टीको उम्मेदवारको गुण नै जलाउने,लुट्ने भएको बताएका छन् । उनले लेखेका छन्, ‘घण्टीका उम्मेदवारमा हुनुपर्ने गुण नै यही त हो नि ।’ अर्जुनप्रसाद दुलालले जेन–जीको आन्दोलन भनिए पनि योजनाकार रास्वपा भएको आरोप लगाएका छन् ।
लेख्छन, ‘जेनजी आन्दोलन होइन, रास्वपाको आन्दोलन रहेछ । जेनजीको नाम मात्रै लिएर यिनीहरुले ७६ जनाको हत्या गरे,जेनजी आन्दोलनबाट निस्कने रवि,मन्त्री हुने जगदिश, जेठो छोरो सुधन, प्रधानमन्त्री उम्मेदवार बालेन । विभिन्न स्थानमा सार्वजनिक तथा निजी र सम्पदा ध्वस्त पार्ने सबै अहिले रास्वपाबाट उम्मेदवार, अब जनताले यति पनि बुझ्दैनन्,देश डढाउने को भनेर ?’
रमेश बास्कोटाले भदौ २३ र २४ गतेको घटनाको मुख्य योजनाकार रास्वपा हो भन्ने प्रमाणित हुँदै गएको जिकिर गरेका छन् । ‘देशैभर अधिकांश आपराधिक पृष्ठभूमिका व्यक्तिहरु सो पार्टीबाट उम्मेदवार बनेका छन् । अझ भदौ २३ र २४ को ध्वंश गर्न अग्रभागमा काम गरेकाहरु छुटेका छैनन् । जसले थप प्रमाणित गर्छ कि भदौ २३ र २४ घटनाको मुख्य योजनाकार सिंगो रास्वपा हो भनेर’,उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्: