इजरायल, यूएई, बहराइन र कुवेतमा इरानी आक्रमण
काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले हमला गरेपछि इरानले इजरायललगायतका विभिन्न देशमा भएका अमेरिकी सैन्य अखडामा हमला गरेको छ ।
हमलामा यूएई, बहराइन र कुवेतमा हमला गरिएको हो । कतारी विश्व च्यानल अलजजिराका अनुसार इजरायल, यूएई, बहराइन र कुवेतमा विस्फोटका आवाज सुनिएका थिए ।
विस्फोटबाट भएको क्षतिको विवरण भने आएको छैन । यता कतारले भने इरानी हमलालाई रोकेका समाचार सार्वजनिक भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: