बिना मगर : सेनाको ब्यारेकमा पटक पटक मृत्युको नजिक पुगेर फर्किन्
काठमाडाैं । चुनावी अभियान गाउँ टोलमा चलिरहेको छ । उम्मेदवारहरु चुनावी अभियान लिएर घरघरमा पुगी रहेका छन् । जसरी पनि मतदाताहरुलाई आफ्नो पक्षमा पार्न आफ्ना प्रतिबद्धतापत्र, योजनाहरु बोकेर बाँचा गदै भोट मागिरहेका छन् ।
कञ्चनपुरको क्षेत्र नंं १मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बीना मगरलाई उम्मेदवार बनाएको छ ।
मगर यो पटक चुनावी अभियानमा गत चुनावको पराजयको बदला लिने गरी प्रचारप्रसारमा लागेकी छन् ।
उनको उम्मेदवारीलाई लिएर बिभिन्न टिका टिप्पणी पनि हुने गरेका छन् । नेकपाको संयोजक पुष्पकमल दाहाल प्रचण्डको बुहारी भएको कारण नै सधै अवसर पाउने गरेको आरोप छ ।
तर मगरले प्रचण्डको बुहारीभएर मात्र टिकट नपाएको नेकपाका कञ्चनपुरका नेता बताउछन् । उनको योगदान तत्कालिन माओवादीले गरेको १० वर्षे जनयुद्धमा ठूलो छ ।
उनको स्थायी घर कञ्चनुपरको पुर्नवास नगरपालिका हो । उनलाई माओवादीले पहिलो पटक २०७० सालमा पहिलो पटक कञ्चनपुर १ मा टिकट दिएको थियो । उनी पहिलो पटकको चुनाव पराजित भइन् ।
पराजित भएपनि उनी कञ्चनपुरको पार्टीसँग निरन्तर काम गर्दै आएकी छिन् । विकास निर्माणदेखि जनताका हरेक समस्यासँग उनी जोडिएकी छिन् ।
२०७४ सालमा एमाले माओवादीको गठबन्धनमा उनी विजयी भइन् । उनले ३८ हजार ४६७ मत पाएर विजयी भइन् । त्यसपछि खानेपानी मन्त्री बनिन् ।
२०७९ को चुनावमा उनी कांग्रेस माओवादी गठबन्धनबाट उम्मेदवार बनेकी थिइन् । तर पराजित भइन् ।
कञ्चनपुरको पूर्नवासका स्थायी बासिन्दा हुन् । उनले पुनर्वासको अरनिको वस्तीस्थित अरनिको प्राविमा प्राथमिक तहको अध्ययन गरेकी थिइन् ।
पुनर्वासकै गौरीशंकर नि.मा.विमा ८ कक्षासम्मको अध्ययन गरेकी थिइन् ।
जनता मावि पुनर्वासबाट एसएलसी पास गरेकी थिइन् । उनले अहिले स्नातक तहसम्म शिक्षा अध्ययन गरेको छ ।
२०५१ सालमा ११ वर्षको उमेरमै उनी क्रान्तिारीमा संगठित भएकी थिइन् ।
कञ्चनपुरमा संगठनको काम गरिन् । कञ्चनपुरमा क्रान्तिकारीको जिल्ला कोषाध्यक्ष बनिन् । उच्च शिक्षा अध्ययनको लागि काठमाडौं आएपछि यहि संगठनमा जोडिन् ।
कञ्चनपुरमा हूँदा २०५६ सालमा उहाँ अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला अध्यक्ष भइन् । उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आइन् । रत्न राज्यलक्ष्मी क्याम्पसमा आइको अध्ययन गरिन् । आरआरको इकाइ अध्यक्ष बनिन् । २०५७ सालमा स्ववीयु चुनावमा क्रान्तिकारीको तर्फबाट सदस्यमा लडिन । त्यो समयमा क्रान्तिकारीमा सबै भन्दा बढी मत पाएकी थिइन् ।
त्यसपछि २०६० सालमा क्रान्तिकारीको काठमाडौं जिल्ला अध्यक्ष बनिन् । बाहिर क्रान्तिकारीमा संगठित भएपनि भित्रिरूपमा नेकपा माओवादीको पूर्णकालीन सदस्यको बनिन् ।
क्रान्तिकारीको काठमाडौंको जिल्ला अध्यक्ष भएको समयमा उनलाई तत्कालीन शाही सेनाले २०६० सालमा गिरफ्तार ग¥यो ।
सेनाले गिरफ्तार गरेर वेपत्ता अवस्थामा नै भैरवनाथ गणमा २५ महिनासम्म चरम यातना दियो । उनी लगायतका धेरै माओवादीका नेताकार्यकर्ताहरुलाई सेनाले गिरफ्तार गरेको थियो । गिरफ्तार गरेका नेता कार्यकर्ताहरुलाई भैरवनाथ गणमा राखेर यातना दिने गरेको मगरसँगै भैरवनाथ गणमा २५ महिना सँगै बसेका नेकपाका नेता रमेश गुरागाई बताउछन् । उनले भने,‘गिरफ्तार भएदेखि नछुट्दासम्म हरेक दिन मृत्यसँग जम्मका भेट भएर फर्किइयो । हरेक दिन सुतेको ठाउँमा सेनाका टिम टिम आएर यादना दिन्थे । हात पछाडि बाध्थे, आँखामा पट्टी हुन्थ्यो अनि यातना दिन्थे । यातना दिदा अन्तिम दिन सम्झिइन्थ्यो । तर हरेक दिन मृत्यलाई जितेर बाँचेका हौँ ।’
उनी र बिनालाई भैरवनाथमा हुँदासँगै राखेको बताउछन् । उनले भने,‘बिना जी र मसँगै थियौँ । यातना यति दियो त्यसको हिसाब छैन । तर उहाँ पनि रत्तिभर डगमगाउनु भएन् । २५ महिना पछि सुन्दरीजलबाट र उहाँ गोरखाको ब्यारेकबाट छुट्नु भयो । उहाँले यो पार्टीमा गरेको संघर्ष त्याग तपस्या बलिदानीको इतिहास धेरै ठूलो छ । उहाँलाई परिवारवादको नामसँग जोड्नु अन्याय हो ।’
मगरलाई सेनाले जिउदै पुर्नको लागि खाल्डो खनेको र त्यहि खाल्डोमा पुर्न भनेर लिएको थियो । खाल्डोमा पुर्न लिएको समयमा मगरलाई यहि खाल्डोमा पुछौँ भन्दै देखाएको तर अन्तिमा उनलाई के कारणले हो नपुरेर ब्यारेक फर्काएको थियो ।
सेनाले पानीमा राख्ने,कुट्ने पिट्ने र करेन्ट लगाउने काम गरेको गुरागाई बताउछन् । उनले भने,‘सेनाले त्यो समयमा माओवादीका सबैलाई दिने सजाय कठोर थियो । उनीहरुमा कुनै मानवियता थिएन् । पानीमा डुबाएर प्रश्न सोध्यो । पानीबाट निकालेर ढाडमा, औला र कुहिनामा पिट्थ्यो । यो सजाय बिना जि मलगायत सबै साथिहरुले पाएका हौँ ।’
बन्दी प्रत्यक्षीकरणको रिट परेपछि २०६२ सालमा सर्वोच्च अदालतले न्यायधीसको उपस्थितमा छोड्न आदेश दिएपछि छोडेको थियो । सेनाको हिरासतबाट छुटेपछि फेरि उनी स.गठनमा नै जोडिइन् ।
शान्ति प्रक्रियामा प्रवेशपछि काठमाडौंमा नै कार्यक्षेत्र रहेर फेरि अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष भइन् । २०६५ सालको स्ववियू निर्वाचनमा सरस्वती क्याम्पस लैनचौरको स्ववियू सभापतिमा जितइन् ।
योसँगै पछि कञ्चनपुर गएर पार्टीको काम गर्न थालिन् । केन्द्रीय सदस्य भइन् ।
यो क्षेत्रबाट दुई पटक पराजित भइन् । एक पटक विजयी भइन् । चौथो पटक उनी चुनावी मैदानमा छन् ।
पछिल्लो दिनमा उनलाई समर्थन गर्दै प्रगतिशील लोकतान्त्रीक पार्टीका उम्मेदवार देपेन्द्र बहादुर शाहीसहित ५४ जना नेता–कार्यकर्ता नेकपामा समाहित भएका छन् । प्रलोपा कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमर सिंह विष्ट पनि नेकपामा प्रवेश गरेका छन् । प्रलोपाका उम्मेदवार शाहीले वाम शक्तिहरूबीच एकता आवश्यक ठानेर नेकपामा समायोजन भएको बताएका थिए ।
यहि क्षेत्रका मितेरी पार्टी नेपालका उम्मेदवार सियाराम रानापनि नेकपा प्रवेश गरेका छन् ।
२७ बर्षिया जेनजी उम्मेदवार राना बुधबार नेकपा प्रवेस गरेका हुन् । अघिल्लो पटक गठबन्धन हुँदा पनि नजितेको चुनाव यो पटक जित्ने नेकपाका नेताहरु बताउछन् ।
प्रतिक्रिया दिनुहोस्: