के रवि लामिछानेले भने जस्तै नेपाली मतदाताले पैसा र मासुभात खाएर भोट हाल्छन् ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेको एउटा भनाइ छ मासुभात खानु , पैसा दिए खानु तर भोट घण्टीमा हाल्नु ।
लामिछाने अहिले जता जता चुनावी सभा गर्दै हिडिरहेका छन् ती सबै सभामा जनतालाई पैसा दिए लिनु, मासुभात खानु तर भोट घण्टीमा हाल्नु भन्दै छन् ।९ गते आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग कुरा गर्दै जनताबाट लुटेको पैसा भएकाले भासुभात दिए खाइदिँदा केही फरक नपर्ने बताएका थिए ।
उनले भनेका थिए, ‘त्यो उनीहरूले लुटेको पैसा, तपाईँ हामीले तिरेको ट्याक्स हो । त्यो उनीहरूको बाउको सम्पत्ति हैन । बाउको सम्पत्ति उनीहरूको भए त उनीहरूको सम्पत्ति घट्नु पर्ने हो । बढेको छ । हाम्रै पैसा हो खाइदिनुस् । हाम्रो अस्पताल राम्रो नबनाएर ठगेको पैसा हो, हाम्रो स्कुलमा राम्रो शिक्षा नदिएर लुटेको पैसा हो, खाइदिनुस् । हाम्रो बाटो, पुल, नहर नबनाएको पैसा हो, खाइदिनुस् । तर भोट चाहिँ घन्टीमा लाइदिनुस् ।’
रास्वपा र त्यसका सभापति लामिछानेले पुराना दलले ३५ वर्षदेखि झुक्याइरहेको र यो पटक जनताले नीहरूलाई झुक्याइदिनु पर्ने बताउदै आएका छन् ।
उनले भनेका थिए, ‘अंग्रेजीमा टिट फर ट्याट भन्छ । ३५ वर्ष झुक्काएका हुन् । यस वर्ष चाहिँ उनीहरूलाई झुक्काइदिऊँ ।’
लामिछानेको यस्तो अभिव्यक्ति नेपाली जनताको अपमान भएको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा।राजेन्द्र चापागाँई बताउछन् । उनले भने,‘यस्तो अभिव्यक्ति दिनु नेपाली जनतालाई अपमान गरेको हो । जनतालाई केहि थाह छैन केहि जानेका बुझेका छैनन् मासु भातमा भोट दिन्छन् भनेको हो । जुन अपमानित गरेको हो । जनतासँग विचार, चेतना छैन भनेको हो । नत्र यस्तो भन्ने हिक्मत कसरी आयो रु’
यसले जनतालाई पैसा र मासुभातन किनबेच हुने चेतना भएकारुपमा पनि प्रस्तुत गरेको छ ।
नेपाली मतदाताको आत्मसम्मान र नैतिकता कमजोर भएको कुरा रवीले आम रुपमा बताएका छन् ।
जनतालाई गम्भीर निर्णय गर्न नसक्ने वा लोभमा पर्ने समूहको रूपमा चित्रण गरेको चापागाइँ बताउछन् । उनले भने,‘यस्तो भन्नु मतदातालाई मासुभात र पैसामा बिक्री हुने पात्रका रूपमा देखाएको हो । यो भन्दा पहिलाका चुनावमा तिमिहरुले पैसा र मासुभातमा मत दिएका हौँ । यो पटक पैसा लिनु मासुभात खानु तर भोट नदिनु भन्न खोजेको हो ।त्यो भनेको अहिलेपनि यस्तै हुनु हुन्छ तर नहुनँु भनेर सन्देश दिएको बुझीन्छ ।’
आफूलाई नयाँ भन्दै आएको रास्वपा र त्यसका सभापतिको बोली प्रति आम मतदाताहरु नै रुष्ट बनेका छन् । उनको अभिव्यक्ति तुच्छ खालको र मतदातालाई अपहेलाना गर्ने खालको भएको चर्चा भइरहेको छ ।
काठमाडौं क्षेत्र नंं १ का एक जना मतदातका अनुासर मत दिने कुरा सोच विचार गरेर हो मासुभात र पैसा लिएर होइन । उनले भने, ‘जनतले पैसा लिएर र मासुभात खाएर भोट दिन्छन् भन्नु अपमान हो । मत दान गर्ने चिज हो । जसको महत्व धेरै हुन्छ । यसरी पैसा लिएर मासुभात खाएर भोट आफ्नो पार्टीलाई दिनु भन्नु गलत हो ।’
सुशासन र भ्रष्टाचारविरोधी नारालाई मूल मन्त्र बनाएर चुनावमा होमिएको रास्वपाका सभापति लामिछानेको भनाइ नै भ्रष्टाचार गर भनेर भन्नु जस्तै भएको चापागाइँ बताउछन् ।
प्रतिक्रिया दिनुहोस्: